काठमाण्डु – बिदा बसेका दुई न्यायाधीश सर्वोच्च अदालत फर्किएका छन् । न्यायालयमा संकट गहिरिँदै गएपछि बिदामा बसेका न्यायायधीशद्धय कुमार चुडाल र नहकुल सुवेदी बिदा कटाएर मंगलबारबाट अदालत फर्केका हुन् । न्यायालयमा प्रधानन्यायाधीशका कारण बेथिति बढेको तथा कार्यपालिकामा समेत प्रधानन्यायाधीश जबराले भाग खोजेको भन्दै असन्तुष्टि जनाएका १३ न्यायाधीशले सोमबारको पूर्ण बैठक र इजलास बहिष्कार गरेका थिए…