गृह मन्त्रालयले भन्यो : परिचयपत्र नभएकालाई कोठा भाडामा नदिनू

काठमाण्डु – सरकारले परिचयपत्र बिनाका मानिसलाई कोठा भाडामा नदिन आग्रह गरेको छ । विदेशी नागरिक सीमा नाकाबाट घूसपैठ गरी नेपाल आएर बस्न थालेपछि गृह मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै परिचयपत्र बिनाका कसैलाई पनि घर/कोठा/अपार्टमेन्ट भाडामा नदिन सार्वजनिक रुपमै अपिल गरेको हो । साेमबार मात्रै ११ जना अफगान नागरिक भारतको बाटो हुँदै गैरकानुनी रुपमा भैरहवाबाट काठमाण्डु…