बुटवल – भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल समयमै निर्माण सम्पन्न नहुँदा त्यसको फाईदा भारतलाई हुने देखिएको छ । भारतले लुम्बिनीबाट १३३ किलोमिटर दूरी कुशीनगरमा विमानस्थल बनाएपछि त्यसको असर नेपालमा पर्ने देखिएको हो । लुम्बिनी आउने तेस्रो मुलुकका धेरैजसो पर्यटक भारतीय बाटो हुँदै आउने गरेका छन् । भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल समयमै बनेको भए उनीहरु सिधै…