फास्ट ट्र्याकको काम समयमै नसकिने

काठमाण्डु- प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले काठमाण्डु-तराई/मधेस द्रुतमार्गको काम समयमै सक्ने गरी कार्यतालिका बनाई कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ । सोमबार बसेकाे समितिकाे बैठकले ठेक्का व्यवस्थापनका काम हुन नसकेकाले निर्धारित समयमै काम सम्पन्न नहुने ठहर गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, रक्षा मन्त्रालय र सम्बद्ध आयोजनालाई समयमै काम सक्ने गरी कार्यतालिका बनाउन निर्देशन दिएको…