उपत्यकामा एकैदिन २ हजार २४ जना चालकमाथि कारवाही

काठमाण्डु - ट्राफिक प्रहरीले काठमाण्डु उपत्यकामा एकैदिन २ हजार २४ जना सवारी चालकलाई कारवाही गरेको छ । ट्राफिक नियम उल्लङ्घन गरेका कारण उनीहरुलाई काठमाण्डु उपत्यकाको विभिन्न स्थानमा कारवाही गरिएको काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । कारवाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने १६६ जना, तिब्र गतीमा सवारी साधन चलाउने ८३ जना, मादप पदार्थ सेवन (मापसे)…