डायलासिस गर्न मेसिन छैन, भत्ता पाउनुअघि बिरामीको मृत्यु हुन्छ : सुरेन्द्र पाण्डे

काठमाण्डु - नेकपा एमालेका सांसद तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले मिर्गौला पीडितलाई डायलासिस निःशुल्क गर्नुपर्ने व्यवस्था गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा आर्थिक वर्ष २०७९-०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सहभागी हुँदै उनले डायलासिस गर्ने मेसिनको अभाव रहेका बेला सरकारले उपलब्ध गराउने भत्ता उपयोगी नहुने बताए । ‘क्यान्सर, मिर्गौला रोगीलाई पाँँच हजार…