काठमाण्डु- कास्कीको पोखरा महानगरपालिका-८ सभागृह चोकमा रहेको नबील बैंक एटीएम मेसिन फुटाउँदै गरेको अवस्थामा भारतीय नागरिक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक श्रवणकुमार बिकका अनुसार भारतको बिहार प्रदेश अन्तर्गत मोतीहारी जिल्लास्थित फेनरा पञ्चायत ग्राम ढांका बजार घर भई हाल पोखरा महानगरपालिका–९ नयाँ बजारमा बबि ठाकुर सैलुन सञ्चालन गर्दै आएका…