३ मतले चुनाव हारेपछि एमालेका उम्मेदवार थापाले हाले मुद्दा

पाेखरा - पाेखरा महानगरपालिका-१८ काे वडाध्यक्षमा ३ मतले चुनाव हारेपछि एमालेका उम्मेद्वार पुस्कलबहादुर थापाले मुद्दा दर्ता गरेका छन् । उनले चुनावमा खसेकाे मतभन्दा ९ मत कम भएकाे भन्दै त्यसकाे खाेजी गरिदिन मुद्दा हालेका हुन् । उनले निर्वाचन आयाेग, मुख्य निर्वाचन अधिकृतकाे कार्यालय, मुख्य निर्वाचन अधिकृत र नव निर्वाचित वडाध्यक्षलाई विपक्षी बनाएर मुद्दा दिएका हुन् ।…