काठमाण्डु- स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनबारे छलफल गर्न रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) ले विद्यार्थी संगठनहरूलाई बोलाएको छ । तालाबन्दीको अन्त्य गर्दै छलफलमा आउन आग्रह गरेको हो । क्याम्पस प्रमुख प्रा.डा. जीवनधर ज्ञवालीले एक विज्ञप्ति जारी गर्दै विगतको दिनमा उत्पन्न भएका घटनाहरूलाई आ आफ्नो पक्षबाट समीक्षा गर्दै गल्ती कमजोरी सुधार गर्दै स्ववियु निर्वाचनसँग प्रत्यक्ष सरोकार राख्ने…