काठमाण्डु - काठमाडौंको बालुवाटारस्थित सुनौलो परिवार नेपाल रहेको भवनमा आगलागी भएको छ । भवनमा बिहानैदेखि देखि आगलागी भएपनि के कारणले आगलागी भयो भन्ने खुलेको छैन । अहिले दमकलको सहायताले आगो निभाउने काम जारी छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र दमकलको सहायतामा आगो निभाउने प्रयास भइरहेको छ ।