काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले घन्टी चुनाव चिह्नको स्वरुपमा परिवर्तन गरेको छ। बुधबार पार्टी केन्द्रीय समितिको बैठकले चुनाव चिह्नको स्वरुपमा फेरबदल गर्ने निर्णय गरेको हो । उक्त बैठकको निर्णयबमोजिम निर्वाचन आयोगमा चुनाव चिह्न फेरिएको उपसभापति डोलप्रसाद अर्यालले बताएका छन् । जसअनुसार यसअघि रास्वपाको चुनाव चिह्न गोलाकारभित्रको घन्टी रहेकामा त्यसलाई बदलेर घन्टी मात्रै राखिएको छ ।…