मुगु - हिउँ जमेपछि पाँच दिनदेखि अवरुद्ध नाग्म–गमगढी सडक सञ्चालन भएको छ । जुम्ला सडक डिभिजन कार्यालयले सडकखण्डको पिना–सातमोड–बुलबुले क्षेत्रमा जमेको हिउँ एक्साभेटर प्रयोग गरेर पन्छाएकाले अवरुद्घ सडक सञ्चालनमा आएको हो । यही माग १० गते रातिदेखि ११ गतेसम्म हिमाली जिल्लामा हिमपात हुँदा यो क्षेत्रमा दुई फिटभन्दा बाक्लो हिउँ जमेको थियो । बाक्लो हिउँ जमेपछि…