मोरङ - पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा ३१५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कूल ८५७ जनाको पीसीआर परीक्षण गर्दा १९८ र ६१६ जनाको एन्टिजेन परीक्षण गर्दा ११७ मा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १०० मध्ये विराटनगरमा ५७, सुनसरीमा ६४, झापामा १७, धनकुटामा…