काठमाण्डु - पछिल्लो २४ घण्टामा १५११ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बिहीबार १५ हजार एक सय ७९ नमुना परीक्षण गर्दा एक हजार पाँच सय ११ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे हो । नेपालमा संक्रमणको दर १९ दशमलव २ प्रतिशत पुगेको छ । सक्रिय संक्रमित २५ हजार सात सय ७२ जना…