लमजुङ – गत ३१ जेठ र १ असारमा आएको बाढीपहिरोले हिमाली जिल्ला मनाङ लोकप्रिय विद्यालयको कार्यालय, शिक्षक आवास, चारवटा कक्षाकोठा, डाइनिङ हल बगाएको थियो । मर्स्याङदीको बाढीले बगाएको विद्यालयमा आइतबारदेखि पठनपाठन सुरु भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पल्साङ लामाले बताए । खेलमैदान र विद्यालय आउने बाटोसमेत बगाएको स्कुलमा आइतबारदेखि विद्यार्थी आउन थालेका हुन् ।…