काठमाण्डु- काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र साहले दुई दिनअघि फेसबुकमा लेखेको विवादित स्टाटस हटाएका छन् । उनले सोमबार बिहान उक्त स्टाटस हटाएका हुन् । ‘आजको लागि केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार ।’, शनिबार बेलुका मेयर शाहले सामाजिक सञ्जालमा स्टाटस लेखेका थिए ।…