काठमाण्डु – मौसम पूर्वानुमान महाशाखाले आज शुक्रबार राति देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र बाँकी भूभागका १–२ स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । शुक्रबार साँझ मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतिर अवस्थित रहेको र…