गायिका इन्दिरा गोले गुरुङको निधन

काठमाण्डु - चर्चित लोकदोहोरी तथा सेलो गायिका इन्दिरा गोले गुरुङको निधन भएको छ। गएराति ललितपुरको हत्तिवनस्थित निवासमा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ। उनी क्यान्सर रोगबाट पीडित थिइन्। क्यान्सरको उपचारकै क्रममा उनको ५९ वर्षको उमेरमा निधन भएको हो। ललितपुरको कोन्ज्योसोम गाउँपालिका –५ भारदेउमा २०२३ साल कार्तिक ३ गते जन्मिएकी उनले ५ हजार भन्दा बढी…