विश्वविख्यात स्की आरोही हिलारी नेल्सन मनास्लुमा मृत भेटिइन्

काठमाण्डु – मनास्लु हिमालमा सोमबार गएको हिमपहिरोमा परि वेपत्ता भएकी विश्वविख्यात स्की आरोही हिलारी नेल्सन मृत भेटिएकी छन् । मनास्लु हिमालमा स्की गर्ने क्रममा भिमाथाङ क्षेत्रबाट हराएकी उनी आज बिहान मृत भेटिएकी हुन् । उनी हराएपछि खोजीका लागि शेर्पाहरुको टोली परिचालन गरिएको थियो । उनीहरुले शव भेटेको खबर गरेपछि हेलिकोप्टर त्यसतर्फ पठाइएको छ । हेलिकोप्टरमार्फत्…