बूढानीलकण्ठमा ५५ मतदान केन्द्र, ४८ हजार ३०३ मतदाता

काठमाण्डु - काठमाण्डुको बूढानीलकण्ठ नगरपालिकामा ५५ वटा मतदान केन्द्र राखिने भएको छ । काठमाण्डुको उत्तरी क्षेत्रमा रहेको बूढानीलकण्ठमा यही वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि १९ मतदानस्थलमा ५५ मतदान केन्द्र राखिने नगरपालिकाका निर्वाचन अधिकृत चमिला भट्टराइले जानकारी दिइन् । नगरपालिकामा ६७ पदका लागि २८५ जनाले उम्मेदवारी दिएका छन् । जसमध्ये नगरप्रमुखमा १५…