राष्ट्रियसभाका अध्यक्ष र पाकिस्तानी राजदूतबीच भेटवार्ता

काठमाण्डु- राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनासँग नेपालका लागि पाकिस्तानका राजदूत अर्बर हुसेन हास्मीले भेटवार्ता गरेका छन् । अध्यक्ष तिमिल्सिनासँग आज उनको सरकारी निवासमा राजदूत अर्बरले शिष्टाचार भेट गरेका हुन्। त्यसअवसरमा नेपाल–पाकिस्तान सम्बन्धका साथै दुवै देशका संसद् र संसदीय गतिविधिबारे विचारविमर्श भएको थियो । उहाँहरूले पारस्परिक हित र चासोका अन्य विषयमा पनि छलफल गरेका थिए । अध्यक्ष…