आदिवासी जनजाति महासङ्घ काभ्रेको अध्यक्षमा सुरेश भुजेल

काठमाण्डु - नेपाल आदिवासी जनजाति महासङ्घ काभ्रेपलाञ्चोकको अध्यक्षमा सुरेश भुजेल चयन भएका छन् । शनिवार बनेपामा सम्पन्न चौथो जिल्ला अधिवेशनले उनको अध्यक्षतामा १९ सदस्यीय नयाँ समिति गठन गरेको हो । समितिको वरिष्ठ उपाध्यक्षमा साधुराम राना, उपाध्यक्ष होमराज माझी र श्रीकृष्ण पहरी, सचिव हरिचन्द्र लामा र सहसचिव पुनमाया कर्माचार्य श्रेष्ठ तथा शम्भुबहादुर गुरुङ चयन भएका छन्…