यी हुन मन्त्रिपरिषद बैठकले गरेका ७ निर्णयहरु

काठमाण्डु – सरकारले बुधबार बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता ज्ञानेन्द्र काकीले आज पत्रकार सम्मेलन आयोजना गर्दै मन्त्रिपरिषदले गरेका महत्वपूर्ण सात वटा निर्णयहरु सार्वजनिक गरेका हुन् । बैठकले राष्ट्रिय आवास कम्पनी लिमिटेडका अध्यक्ष रामाआधार कापरको राजीनामा स्वीकृत गरेको छ । त्यस्तै संयुक्त राज्य अमेरिकाको विकासका लागि सहयोग निकाय (यूएसएआईडी) ले दिने…