काठमाण्डु – नेविसंघ र अखिल क्रान्तिकारीले बुटवलस्थित लुम्बिनी बाणिज्य क्याम्पसमा तोडफोड गरेका छन् । त्रिविका पुराना पाठ्यक्रम चलाउन र नयाँ थप गरेका पाठ्यक्रम बन्द गर्न दवाव दिइरहेका उनिहरुले आज क्याम्पसमा तोडफोड गरेका हुन् । नेविसंघ र अखिल क्रान्तिकारीले क्याम्पस भवनको झ्लायमा रहेका सीसा फुटाउनुका साथै विभिन्न सामग्री तोडफोड गरेको क्याम्पस प्रशासनले जानकारी दिएको छ ।…