काठमाण्डु– काठमाण्डु महानगरपालिका–३५ चमतीबाट ३८ सय थान भेप (विद्युतीय चुरोट) सहित ३ जनालाई पक्राउ परेका छन् । उनीहरूलाई काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार साँझ पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–१ घर भएका ४० वर्षीय निमा छिरिङ शेर्पा, मेलम्ची नगरपालिका–७ का ५२ वर्षीय रामबहादुर गुरुङ र सोलुखुम्बुको थुलुङ गाउँपालिका–४ का ४२…