माओवादी केन्द्रले मन्त्री फेर्दैन : दिनानाथ शर्मा

काठमाण्डु- नेकपा (माओवादी केन्द्र) का नेता दिनानाथ शर्माले पार्टीभित्र मन्त्री फिर्ता बोलाएर नयाँ पठाउने विषयमा अहिलसम्म छलफल नभएको बताएका छन् । काठमाण्डुमा मंगलबार आयोजित कार्यक्रममा शर्माले मन्त्री फेर्ने विषयमा अहिलेसम्म छलफलको एजेण्डा नै नबनेको बताएका हुन् । उनले ६/६ महिनामा मन्त्री फेर्ने प्रवृत्तिलाई प्रोत्साहन गर्न नहुने भन्दैनिर्धारित कार्यकालभर मन्त्रीलाई काम गर्न दिनुपर्ने बताए । ‘दुई…