काठमाण्डु- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्थमन्त्री जनार्दन शर्मालाई राजीनामा दिन सुझाव दिएका छन् । स्रोतका अनुसार आइतबार साँझ प्रचण्डले अर्थमन्त्री शर्मालाई आफ्नो निजी निवास खुमलटारमा बोलाएर बजेट निर्माणमा अनाधिकृत व्यक्तिको प्रवेशको विषयले पार्टीलाई अप्ठ्यारोमा पार्ने भन्दै पदबाट राजीनामा दिन सुझाव दिएका हुन्। निरन्तर विवादमा रहँदा पार्टी र आफूलाई अप्ठ्यारो पर्ने भन्दै…