कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नेपालको आधिकारिक क्षेत्रफल सार्वजनिक गर्ने सरकारको तयारी

काठमाण्डु – सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुराको क्षेत्रफल समेटेर नेपालको आधिकारिक क्षेत्रफल सार्वजनिक गर्ने घोषणा गरेको छ । प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री शशी श्रेष्ठले नेपालको आधिकारिक क्षेत्रफल घोषणा गर्नेबारेमा मन्त्रालयले गृहकार्य गरिरहेको र आवश्यक प्रक्रिया पूरा गरी सार्वजनिक गर्ने जानकारी दिएकी हुन् । सरकारले २०७७ साल जेठ ७ गते नेपालको नयाँ नक्सा औपचारिक रूपमा…