काठमाण्डु – भारतीय वायुसेनाको विमान भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुद्ध जयन्तीका दिन गर्ने लुम्बिनी भ्रमणको सुरक्षा व्यवस्था मिलाउन भारतीय सुरक्षाकर्मी एसपिजी (स्पेशल प्रोटेक्सन गार्ड) लिएर उक्त विमान भैरहवा अवतरण गरेको हो । भारतीय वायुसेनाको इलुसियन विमान आईसी–७६ ले कुटनीतिक उडान गरेको हो । दिल्लीबाट सोझै भैरहवा आएको…