काठमाण्डु – निर्वाचन आयोगले हालसम्म निर्वाचन आचार–संहिता उल्लंघन गर्ने ६५ जनालाई स्पष्टीकरण सोधेको छ । स्थानीय तहको निर्वाचनको लागि गत चैत २५ गतेबाट निर्वाचन आचार संहिता लागू भएपछि उल्लंघन गर्नेलाई स्पष्टीकरण सोधेको हो । निर्वाचन आचार संहिता उल्लंघन गर्नेलाई विभिन्न माध्यमबाट स्पष्टीकरण सोधिएको आयोगका प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिए । उनका अनुसार गम्भीर प्रकृतिका उल्लंघनकर्तालाई…