काठमाण्डु- सत्तारुढ दलहरूले शनिबार मधेश प्रदेशको जनकपुरमा आयोजना गर्ने आमसभामा कांग्रेस नेता विमलेन्द्र निधि सहभागि नहुने भएका छन् । गठबन्धनको सभामा केन्द्रीय वक्ताको रुपमा आफ्नो नाम नराखिएकाले आफू उक्त सभामा सहभागि नहुने नेता निधिले बताए । धनुषा निधिको आफ्नै गृहजिल्ला हो । जनकपुरमा हुने कार्यक्रम छोडेर नेता निधि धरानको चुनावी सभामा सहभागी हुन लागेका छन्…