संसद बैठक : विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल जारी

काठमाण्डु – प्रतिनिधिसभाको बैठक शुक्रबार पनि जारी छ । मंगलबारबाट सुरु भएको संसदको ११औँ अधिवेशनको शुक्रबार चौथो बैठक बसिरहेको हो । उक्त प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०७९/८० को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथिको छलफलमा सांसदहरुले आ–आफ्नो धारणा राखिरहेका छन् । बुधबारबाट सुरु भएको सो छलफल शुक्रबार पनि चलेको हो…