काठमाण्डु – कोरोना भाइरस संक्रमणका कारण बन्द गरिएका शैक्षिक संस्थाहरु आजदेखि खुला भएका छन् । सीसीएमसीको सिफारिसमा मन्त्रिपरिषद्ले गरेको निर्णयअनुसार १ महिनादेखि बन्द गरिएका विद्यालयहरु आजदेखि खुला गरिएका हुन् । यससँगै देशैभरिका शिक्षालयमा आजदेखि भौतिक उपस्थितिमा नै पठनपाठन भएका छन्। कोरोना संक्रमणको जोखिम बढेको भन्दै सरकारले देशैभरीका विद्यालयहरु बन्द गराएको थियो । शिक्षा तथा मानव…