दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वाेच्च अदालतको फैसला

काठमाण्डु – सर्वोच्च अदालतले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई रिहा गर्न फैसला गरेको छ । मंगलबार न्यायाधीश मनोजकुमार शर्मा र न्यायाधीश मेघराज पोखरेलको इजलासले उनलाई थुनामा राख्ने कार्य गैरकानूनी रहेको ठहर गरेको छ । अदालतको फैसलामा उल्लेख छ, ‘प्रसाईंलाई थुनामा राखेको कार्य कानून बमोजिम मान्न मिल्ने नदेखिई प्रसाईको संविधान प्रदत्त…