काठमाण्डु – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले दिएको रिटमाथि सर्वाेच्च अदालतले अध्ययन गरिरहेको जनाएको छ । आफूमाथि गरिएको निलम्बन गैरकानुनी रहेकाले खारेज गरि पाउँ भन्दै अधिकारीले आइतबार दिएको रिटमाथि अहिले अध्ययन भइरहेको सर्वाेच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए । उनका अनुसार अध्ययनपछि मात्र दर्ता हुनेछ । ‘उहाँ (महाप्रसाद अधिकारी)ले आज निलम्बनविरुद्ध रिट निवेदन…