मतदानको दिन बिदा दिन निजी क्षेत्रलाई निर्वाचन आयोगको आग्रह

काठमाण्डु – निर्वाचन आयोगले ३० वैशाखमा बिदा दिन निजी क्षेत्रलाई आग्रह गरेको छ । ३० बैशाख अर्थात् स्थानीय तहको निर्वाचनको मतदानको दिन सरकारले भने सार्वजनिक बिदाको निर्णय गरिसकेको छ । स्थानीय तह निर्वाचनमा सबै मतदाताको मताधिकार सुनिश्चित गर्न भन्दै आयोगले उक्त दिन निजी क्षेत्र, विभिन्न संघसंस्था, निकाय, गैरसरकारी संस्था, बैंक तथा वित्तीय संस्था, सहकारी लगायतलाई…