बारेकोट गाउँपालिका अध्यक्षमा गिरीलाई उम्मेदवार बनाउने एमालेको निर्णय

काठमाण्डु- प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले जाजरकोटको बारेकोट गाउँपालिकाको अध्यक्षमा वीरबहादुर गिरी उम्मेदवार बनाउने निर्णय गरेको छ । सोमबार पार्टीको गाउँ कमिटी बैठको निर्णय अनुसार गाउँपालिका अध्यक्षमा एमाले निकट प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष समेत रहेका गिरी उम्मेदवार बन्ने भएका हुन् । उनी एमाले जाजरकोटको छैटौं जिल्ला अधिवेशनबाट नेकपा एमालेको जिल्ला सचिवमा विजयी भएका…