विदेशमन्त्रीको भ्रमण लगत्तै नेपाल-चीन सुरक्षा संयन्त्रको बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाण्डु-चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमण लगत्तै नेपाल–चीनबीचको सुरक्षा संयन्त्रको बैठक बस्ने भएको छ । नेपालको गृह मन्त्रालय र चीनको सार्वजनिक सुरक्षा मन्त्रालयबीच बुधबार सचिवस्तरीय बैठक बस्न लागेको स्रोतले बताएको छ । तर,यसलाई दुवै पक्षले गोप्य राखेको छ । गृह मन्त्रालयका प्रवक्ता सहससचिव फणिन्द्रमणी पोख्रेलले दुई देशको सुरक्षा मन्त्रालयबीच भोलि बस्ने बैठकका एजेण्डाबारे भने आफुलाई…