कास्की कांग्रेसका नेतालाई देउवाले भने- गठबन्धनमा पाेखरा महानगरबारे छलफल नै भएको छैन

काठमाण्डु - नेपाली कांग्रेस कास्कीका प्रतिनिधि टोलीले सभापति शेरबहादुर देउवासँग भेटेका छन् । पोखरा महानगरको मेयर पद छोड्न नहुने मागसहित उनीहरूले देउवाको ध्यानाकर्षण गराएका हुन् । भेटमा कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले आफूहरू पोखरामा एक्लै बलियो रहेको भन्दै चुनावी तालमेल गरे मेयर पद कांग्रेसले पाउनुपर्ने बताए । सहमहामन्त्री जीवन परियारले पोखरा अहिले कांग्रेसको अनुकुलमा रहेको…