काठमाण्डु – पशुपति क्षेत्रमा बतास समूहले सञ्चालन गरेको धर्मशालामा तालाबन्दी गर्ने पशुपति क्षेत्र विकास कोषको दोस्रो प्रयास असफल भएको छ । कोषका पदाधिकारी तालाबन्दी गर्न आएको भन्दै बतास समूहले शुक्रबार धर्मशालाको गेट नखोलेपछि उनीहरू फर्किएका छन् । गत साताको बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेसहित कोषका पदाधिकारी धर्मशालामा तालाबन्दी गर्न पुगेका थिए ।…