काठमाण्डु- प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्ने सरकारको निर्णयविरुद्ध दायर भएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश डा. कुमार चुडालको एकल इजलासले निवेदनको माग बमोजिम अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । अदालतले वादी–प्रतिवादी दुवै पक्षलाई छलफलमा बोलाएको छ। वरीयताक्रम अनुसार एआईजी बढुवा किन नभएको भन्ने प्रश्नको जवाफसहित चैत २८…