धर्मेन्द्र बास्तोलालाई छाड्न सर्वोच्चले गर्‍यो अस्वीकार, दुर्गा प्रसाईंको पेसी भोलि

काठमाण्डु- नेकपा बहुमतका महासचिव धर्मेन्द्रराज बास्तोलालाई सर्वोच्च अदालतले छाड्न अस्वीकार गरेको छ । सोमबार सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलाले तत्काल रिहा गर्न आदेश दिन अस्वीकार गरेको हो। अदालतले बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै बास्तोलालाई पक्राउ गर्नुको कारण पेश गर्न सरकारका नाममा आदेश गरेको छ । आसन्न प्रतिनिधिसभा निर्वाचन बहिष्कारको नीति लिएको र प्रचारप्रसार गरेको…