काठमाण्डु - राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विश्व शान्तिका अग्रदूत सिद्धार्थ गौतम बुद्धको २५६५औँ जन्मजयन्तीका अवसरमा सम्पूर्ण बौद्धमार्गी एवं शान्ति र अहिंसाप्रेमी समुदायमा शुभकामना व्यक्त गरेका छन् । बुद्ध जयन्तीका अवसरमा बुधबार शुभकामना दिँदै उनले बुद्ध दर्शनको महत्व र यसले विश्व शान्तिमा पु¥याएको योगदानलाई मनन गरी सन् १९९९ देखि यस दिनलाई संयुक्त राष्ट्रसङ्घले अन्तर्राष्ट्रिय वैशाख दिवसका…