साढे दुई महिनादेखि खेर गएको न्यादीको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिने

लमजुङ- साढे दुई महिनादेखि खेर गएको लमजुङको ङादी खोलामा निर्माण सम्पन्न ३० मेगावाटको न्यादी जलविद्युत् आयोजनाको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको छ । चिनियाँ लगानीमा निर्माण भएको माथिल्लो मर्स्याङदी ‘ए’ ले असहयोग गरेपछि आयोजनाको विद्युत् साढे दुई महिनादेखि खेर गएको थियो । हाल आयोजनाको बिजुली २२० केभी मर्स्याङदी करिडोर प्रसारण लाइनअन्तर्गतको खुदी सवस्टेसनमा जोड्न…