काठमाण्डु – अब सेवाग्राहीले तारेख लिन अदालत धाइरहन नपर्ने भएको छ । विशेष अदालतको चैत १३ गतेको पूर्ण बैठकले वैशाख १ गतेदेखि लागु हुने गरी सेवाग्राहीले अनलाइन तारेख लिन सकिने निर्णय गरेको हो । आफूलाई पायक पर्ने उच्च अदालत र जिल्ला अदालतबाट अनलाइन तारेख लिन सकिने विशेष अदालतका प्रवक्ता दीपेन्द्रनाथ योगीले जानकारी दिए । यसैबीच…