निस्सा पाएर पनि बेखुसी भूमिहीन, भन्छन् : भोट तान्नलाई गर्‍या हो, लालपुर्जा पाउनेमा विश्वास छैन

तनहुँ – शुक्लागण्डकी नगरपालिका–७ स्याउली बजारका टिकाराम शर्माले आइतबार जग्गाधनी लालपुर्जा प्राप्तिका लागि निस्सा प्राप्त गरे । राष्ट्रिय भूमि आयोगसँगको सहकार्यमा शुक्लागण्डकी नगरपालिकाले उनको हातमा निस्सा थमाइदिँदा पनि उनको मुहारमा खुसी छाएन । निस्सा पाएकाको जग्गा नाप जाँच हुने र लाालपुर्जा दिइने भन्दै गण्डकी प्रदेशसभा सदस्य आशा कोइराला, भूमि आयोग तनहुँका अध्यक्ष रामचन्द्र अधिकारी र…