खोटाङ – प्रदेश नं १ सामाजिक विकास मन्त्रालयले जिल्ला स्वास्थ्य कार्यालय खोटाङलाई कोभिड–१९ को महामारीमा उपयोग हुने स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । सामाजिक विकासमन्त्री उषाकला राईको पहलमा स्वास्थ्य कार्यालय खोटाङलाई मास्क, स्यानिटाइजर, भिटिएम, आइसोलेशन शय्यालगायतका स्वास्थ्य सामग्री उपलब्ध गराइएको हो । प्रदेश सरकारबाट पठाइएको स्वास्थ्य सामग्री बिहीबार जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङले…