सरकारले समयमै बजेट पास गर्न नसक्दा चितवनमा विकास खर्च न्यून

चितवन। शेरबहादुर देउवा नेतृत्वको सरकारले यस आव २०७८/७९ को संशोधित बजेट समयमै संसदबाट पारित गर्न सकेन । समयमै बजेट पारित नहुँदा देशमा बजेट होलिडेसम्मको अवस्था सिर्जना भएपछि त्यसको असर पुँजीगत खर्चमा परेको छ । विगतका वर्षहरूमा यसै पनि न्यून पुँजीगत (विकास) खर्च हुने गरेकामा यस आर्थिक वर्षको आठ महिनामा विकास खर्च अत्यधिक कम भएको छ…