गाउँपालिका टुक्र्याउने प्रस्ताव गाउँसभाबाट पारित

रुकुम(पूर्व) – रुकुम(पूर्व)को पुथाउत्तरगङ्गा गाउँपालिकालाई दुईवटा गाउँपालिका बनाउने प्रस्ताव गाउँसभाबाट पारित भएको छ । चौधवटा वडा रहेको पुथाउत्तरगङ्गा गाउँपालिकालाई सात/सातवटा वडा रहने गरी पुथा र उत्तरगङ्गा गरी दुईवटा गाउँपालिका बनाउने प्रस्ताव गाउँसभाबाट पारित भएको हो । भौगोलिक हिसाबले विकट, छरिएर रहेका बस्तीहरुले गर्दा नागरिकलाई सहजरूपमा सेवा प्रवाह गर्न समस्या भइरहेको छ । नागरिकको सहजताका लागि…