शनिबार १५५ जनामा कोरोना संक्रमण पुष्टि, २ को मृत्यु

काठमाण्डु - नेपालमा पछिल्लो २४ घन्टामा थप १५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा ५१५२ जनाको नमुना परीक्षण गरिएकोमा १५५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोही अवधिमा थप २ संक्रमितले ज्यान गुमाएका छन् । यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९३४ पुगेको छ…